कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्य मन्त्रालयको तीनवटा शाखा शिल

काठमाडौँ, २५ असोज । कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तीनवटा शाखा अस्थायी रुपमा शिल गरिएको छ । मन्त्रालयको आन्तरिक प्रशासन महाशाखा, कानून उपशाखा र राज्यमन्त्रीको सचिवालय शिल गरिएको हो ।

मन्त्रालय स्रोतका अनुसार आन्तरिक प्रशासन महाशाखाका उपसचिव कृष्ण लम्साल र कानून शाखा उपसचिव मानवहादुर बस्नेत कोरोना संक्रमणमा परेका छन् । उनीहरु संक्रमणमा परेपछि बाँकी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको हो ।

यस्तै राज्यमन्त्री नवराज रावतको सचिवलयका तीन जना सदस्यहरु इन्द्र केसी, तपेन्द्र क्षेत्री र भिमराज सिंहलाई पनि कोरोना संक्रमण देखिएको छ । संक्रमणपछि सचिवालय एक साता अघि देखि नै बन्द छ ।

उता एचईओसी कल सेन्टरमा काम गर्ने तीन जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । तीन जना नै कर्मचारीमा संक्रमण देखिएपछि नयाँ कर्मचारी ल्याएर सेवा सूचारु गरिएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य मन्त्रालयमा समेत देखिन थालेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *