पछिल्लो २४ घण्टमा देशभर थपिए ५००८ जना कोरोना संक्रमित, १२२९ जना डिस्चार्ज
काठमाडौँ, २४ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्ममकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १९ हजार ३ सय २० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ५ हजार ८ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हाजार २ सय २९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७४ हजार २५२ पुगेको छ ।
देशभरका क्वारेनटिनमा ४ हजार ६ सय ८६ जना रहेका छन् । होम आइसोलेसनमा १७ हजार १ सय ६४ रहेका छन् । संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ छन् । त्यसैगरी देशरका अस्पतालका आइसीयूमा ३२१ जना उपचाररत छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com