प्राथमिक अस्पताल र स्वास्थ्य चौकीका लागि जग्गाको मापदण्ड फेरियो

 

काठमाडौँ, ११ असोज । सरकारले एक सय बेड अस्पताल मुनिका प्राथमिक अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि आवश्वक पर्ने जग्गा सम्वन्धी मापदण्ड परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गतसाता बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा सम्वन्धी मापदण्ड परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयपछि राजपत्रमा प्रकाशित भएको स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्वन्धी (पहिलो संसोधन) निर्देशिका, २०७७ मा पहिलेको तुलनामा केही लचकता अपनाइएको छ ।

यसअघि ‘क’ वर्गका प्राथमिक अस्पतालमध्ये ५१ वेडदेखि ९९ वेडसम्मको अस्पताल बनाउँदा कम्तीमा ३५ रोपनी जग्गा हुनुपर्ने थियो । तर अहिले सोही स्तरको अस्पताल बनाउन २८ रोपनी जग्गा भए पुग्छ ।

यसैगरी २६ देखि ५० बेडको अस्पतालको लागि १५ रोपनी जग्गा चाहिन्थ्यो तर संसोधित व्यवस्थामा १२ रोपनीमामा झरेको छ । यस्तै गरी १५ देखि २५ बेडका अस्पताललाई चाहिने जग्गा १२ रोपनीबाट घटाएर ९ दशमलव ६ रोपनीमा झारिएको छ ।

अरु के कति घट्यो हेर्नुहोस र पुरानो संग तुलना गर्नुहोस:

संसोधित नयाँ मापदण्ड :


पहिलेको मापदण्ड  :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *