काठमाडौँ उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण

काठमाडौँ, ९ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

यो संगै उपत्यकामा उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ।

त्यसमध्ये काठमाडौंमा १६ हजार २६७, ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल १२ हजार २६२ जनाको नमूना जाँच गर्दा १ हजार ३१३ जनामा पीसीआर पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घन्टामा १४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *