प्रदेश नं. ५ मा रहेको जिल्ला, प्रदेश र संघीय अस्पतालका प्रमुखहरु कोरोना संक्रमणमा

काठमाडौँ, ९ असोज । प्रदेश नं ५ मा संघीय, प्रादेशिक र जिल्ला गरी तीन तहका तीनवटा अस्पतालका प्रमुखहरु यतिवेला कोरोना संक्रमणमा परेका छन् ।

संघीय अस्पतालको रुपमा रहेको भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र गुल्मी जिल्ला अस्पतालका प्रमुखहरु लगभग एकै समयमा संक्रमणमा परेका हुन् । यी तीनवटै अस्पतालका प्रमुखहरु शुरु दखि नै कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका थिए ।

भेरी अस्पतालका मेसु डा प्रकाश थापाको गत मंगलबार आएको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । बिहीबार मात्रै लुम्विनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाल र गुल्मी जिल्ला अस्पतालका प्रमुख डा उत्तम पच्याले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू कोरोना संक्रमणमा परेको जानकारी दिएका थिए । डा. द्धयले पछिल्लो चार पाँच दिन यता आफूहरुसंग प्रत्यक्ष सम्पर्क भएका व्यक्तिहरुलाई सचेतता अपनाउन र चिकित्सकको सल्लाहमा पीसीआर परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

अहिले तीनै जना डाक्टर आइसोलेसनमा रहेर स्वास्थ्य लाभ गरिरहेको बताएका छन् । उनीहरुले आफूहरुको स्वास्थ्य सुधारोन्मुक भएको समेत जानकारी दिएका छन् ।

यसअघि रत्ननगर बकुलर अस्पतालका मेसु डा विश्ववन्धु बगाले, भरतपुर अस्पतालका तत्कालिन मेसु डा श्रीराम तिवारी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी, विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्की, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, त्रिवि आईओएममा पूर्व डिन प्राडा जगदीश अग्रवाल, त्रिवि शिक्षण अस्पतालका आइसीयू इन्चार्ज प्राडा सुवासप्रसाद आचार्य लगायतका चर्चित तथा अगुवा डाक्टरहरु कोरोना संक्रमणमा परिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *