स्वास्थ्यकर्मीको जोखिम भत्ता : पुरानै प्रस्ताव गयो मन्त्रिपरिषदमा

काठमाडौँ, ८ असोज ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड -१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई वितरण गर्ने जोखिम भत्ता सम्वन्धी पुरानै प्रस्ताव अघि बढाएको छ । नयाँ प्रस्तावमा अर्थ मन्त्रालयले सहमति नदिएपछि पुरानै प्रस्ताव अघि बढाएको हो ।

मन्त्रिपरिषदमा गइसकेको र आजको मन्त्रिपरिषद् बैठकले पास गर्ने अनुमान गरिएको सो प्रस्तावमा पहिले जस्तै ५०, ७५ र १०० प्रतिशतसम्म भत्ता दिने भनिएको छ । नयाँ प्रस्तावमा साउन देखि कात्तिक मसान्तसम्मको अवधी तोकिएको छ ।

यसअघि स्वास्थ्यले कोभिड १९ विरुद्ध सबै तह र संस्थाका स्वास्थ्यकर्मीहरुलाई २५, ५०, ७५ र १०० प्रतिशत गरी जोखिमभत्ता वितरण गर्ने र २५ प्रतिशत सबै स्वास्थ्यकर्मीलाई दिइने भन्ने उल्लेख थियो ।

तर मन्त्रालयको उच्च स्रोतले सो प्रस्तावमा अर्थले असहमति जनाएको बतायो ।

‘यसपटक पनि पुरानै प्रस्ताव अघि बढाउन बाध्य भयो । मन्त्रिपरिषद्मा प्रस्ताव गईसकेको छ । सम्भवत आज पास होला कि,’ स्रोतले भन्यो ।

यता नयाँ प्रस्ताव पनि पुरानै विधिको आउँदा कोभिड १९ विरुद्द खटिएका स्वास्थ्यकर्मीको मनोवल खस्किने स्वास्थ्यकर्मीका ट्रेड युनियनका अधिकारीहरुले बताउन थालेका छन् । उनीहरुले स्वास्थ्यको यो सम्वेदनशील घडीमा मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मीको मनोवल खस्कने निर्णय नगर्ने भन्नेमा आशावादी रहेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *