काठमाडौँ उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण

काठमाडौँ, ८ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या आज देशभर देखिएको कुल संख्याको ५० प्रतिशत भन्दा बढी हो । आज देशभर १ हजार ४९७ जनामा स्रक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ६०९ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण देखिएको छ ।

‘लकडाउन खुलेपछि चलेका यातायात र खुल्ला हुँदै गरेका बजारहरुमा देखिएका भिडभाडबाट उपत्यकामा संक्रमितको संख्या बढेको डा गौतमले बताए । अहिले अवस्था निकै जोखिम पूर्ण छ । कतिपय मानिसहरुले कोभिड १९ केही होइन भन्ने ठानेर स्वास्थ्य सावधानी समेत नअपनाएको देखिएको छ । यो निकै खतरा हो । यसले संक्रमण बढाउँदै जान्छ,’ डा गौतमले भने ।

पछिल्लो चौविस घण्टामा देशभरबाट ४५७ जना डिस्चार्ज भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *