पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५३पुग्यो

काठमाडौँ, ८ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

जसमा १२ जिल्लाका ५ महिला र १२ पुरुष गरी थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौँ उपत्यकाका ६ जना हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ४५७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २३१ जना र भेन्टीलेटरमा २८ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *