चिकित्सा शिक्षा आयोगले छुट्याएको पीजी तहको ‘कोटा मापदण्ड’प्रति गोदानको आपत्ति

काठमाडौँ, ७ असोज । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तह (पीजी) अध्ययनका लागि छुट्याइएको सरकारी कोटामा सरकारी सेवामा कार्यरत स्थायी चिकित्सक नै प्राथमिकतामा नपारिएको भन्दै आपत्ति जनाएको छ ।

गोदानले गत ३१ भदौमा चिकित्सा शिक्षा आयोगले जारी गरेको पीजी तहको एकीकृत प्रवेश परीक्षाको आवेदन फारम भर्ने सूचना प्रति आपत्ति जनाएको हो ।

गोदानद्धारा मंगलबार जारी विज्ञप्तीमा ‘एउटै तहको एउटै प्रवेश परीक्षा अनि एउटै कोटा भित्रको लागि फरक फरक सेवा सर्त हुनु स्थायी चिकित्सकहरुको सेवा प्रवेशका बखत देखाइएको सरकारी शिक्षण संस्थामा स्नातकोत्तर अध्ययन्को प्राथमिकता हटाइनुले चरम विभेद हो,’ भन्दै आपत्ति जनाइएको छ ।

गोदानका अध्यक्ष डा रविन खड्का र महासचिव किर्तिपाल सुवेदीद्धारा जारी विज्ञप्तीमा आयोगले अहिले जारी गरेको सूचनालाई तत्काल सच्याएर स्थायी चिकित्सकको प्राथमिकता सहितको नयाँ सूचना जारी गर्न माग गरिएको छ ।

यसअघि आयोगको सूचना सच्याउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत आयोगको ध्यानाकर्षण गराएको थियो । तर आयोगले भने भर्खरै पास भएको नियमावली अनुसार नै सूचना जारी गरेको बताउँदै आएको छ ।
यस्तो छ विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *