डा. गोविन्द केसी ट्रमा सेन्टरबाट बाहिरिए

काठमाडौँ, ६ असोज । अनसनरत डा गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् । केही बेर अघि ट्रमाको इमरजेन्सी वार्डबाट उनी ट्याक्सी चडेर बाहिरिएका हुन् ।

ट्रमाका निर्देशक डा सन्तोष पौडेलले डा केसी विनाजानकारी निस्किएको बताए । ‘उहाँ कता जानु भयो थाह छैन् । तर आफै निस्किएर ट्याक्सी चडेर जानु भएछ । मैले मन्त्रालय र सुरक्षा निकायलाई जानकारी गराइसकेको छु,’ डा पौडेलले भने ।

निस्कनु अघि डा केसीलाई भेटन अधिवक्ता ओम अर्याल सहितका अन्य सहितका उनका सुभेच्छुकहरु आएका थिए । त्यस लगत्तै डा केसी अस्पतालबाट निस्किएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *