डा. गोविन्द केसीको स्वास्थ्य हेर्न आठ जना विशेषज्ञ चिकित्सक खटाइयो

काठमाडौँ, ६ असोज । सरकारले अनसनरत प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्थाको निगरानी तथा उपचार गर्न आठ सदस्यीय विशेषज्ञ टोली गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्को निर्णय अनुसार डा केसीको स्वास्थ्य निगरानी तथा उपचारका लागि बरिष्ठ कन्सलटेन्ट जनरल फिजिसियन डा रेवतीरमण मल्ल संयोजक रहेको आठ सदस्यीय टोली गठन गरिएको हो ।

उपचार गर्ने टोली सदस्यमा प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा मुकेश शर्मा पौडेल, बरिष्ठ कन्सलटेन्ट जनरल फिजिसियन डा अनन्तभक्त उप्रेती, बरिष्ठ कन्सलटेन्ट नेफ्रोलोजिष्ट डा अनिल बराल रहेका छन् । यस्तै बरिष्ठ कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा जितेन्द्रकाजी श्रेष्ठ, बरिष्ठ कन्सलटेन्ट एजेस्थेसियोलोजिष्ट डा सुजिता मानन्धर, बरिष्ठ कन्सलटेन्ट सर्जन डा घनश्याम थापा र बरिष्ठ कन्सलटेन्ट कार्डियोलोजिष्ट डा हरिहर खनाललाई समेत उपचार टोलीमा राखिएको छ ।

डा केसी उपचार नलिने अडानमा
यसैबीच डा केसीले त्रिवि शिक्षण अस्पताल नलगेसम्म उपचार नलिने बताएका छन् । ट्रमा सेन्टरका चिकित्सकको टोलीले डा केसीलाई स्वास्थ्य परीक्षण गर्न दिन आग्रह गर्दा उनले यस्तो बताएका हुन् ।

ट्रमाका निर्देशक डा सन्तोष पौडेलले चिकित्सकको टोलीले उपचारका लागि आग्रह गरे पनि त्यो सफल नभएको बताए । उहाँ अहिले आकस्मिक कक्षमै हुनुहुन्छ । स्वास्थ्य परीक्षणका लागि आग्रह गरेउ तर मान्नु भएको छैन् । उनले डा केसीका लागि २११ नं आईसीयू बेड तयार गरेर राखेको समेत जानकारी दिए ।

यसअघि जुम्लामा अनसनरत डा केसी हिजो हवाईजहाजमार्फत नेपालगञ्ज र आज  काठमाडौं आएका हुन् । उनले आफू त्रिवि शिक्षण अस्पतालमा जान चाहेको तर सरकारले जवरजस्ती ट्रमा सेन्टरमा ल्याएको भन्दै आपत्ति जनाएका छन् । तर स्थानीय प्रशासनले भने कोभिड १९ को जोखिमका कारण त्रिवि नलगेर ट्रमा सेन्टरमा लगिएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *