काठमाडौँ उपत्यकामा थपिए ६४७ जना कोरोना संक्रमित


काठमाडौँ, ६ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ५११ जना, ललितपुरमा ७३ जना र भक्तपुरमा ६३ जना गरी ६४७ जनामा संक्रमण देखिएको हो ।

काठमाडौँ जिल्ला आज पनि देशभर बढी नयाँ संक्रमित थपिने जिल्लामा पहिलो भएको छ ।

त्यसैगरी आज देशभर १ हजार ३५६ जना संक्रमित थपिएका छन् । भने यहि अवधीमा ८२३ जना कोरोना नेगेटिभ भई डिस्चार्ज भएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *