पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

काठमाडौँ, ५ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकैदिन मृत्यु हुनेको संख्या अहिलेम्मकै धेरै हो ।

देशभरका ११ वटा जिल्लाका ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२, काठमाडौँमा ५८ र ७३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ११ सय ५४ जनामा कोरोना भाइरस  संक्रमण देखिएको छ ।  देशभर थप १ हजार ५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *