काठमाडौँ उपत्यकामा थप ६७४ जनामा कोरोना संक्रमण

काठमाडौँ, ५ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको यो संक्रमण देशभर आज थपिएको संक्रमितहरुको ५८.४ प्रतिशत हो । आज देशभर १ हजार १५४ जना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ५३८ जना, ललितपुरमा ६२ जना र भक्तपुरमा ७४ जना गरी ६७४ जनामा संक्रमण देखिएको हो ।

काठमाडौँ जिल्ला आज पनि देशभर बढी नयाँ संक्रमित थपिने जिल्लामा पहिलो भएको छ । यहाँको आजको संक्रमण देशभर आज देखिएको कुल संक्रमणको ४७ प्रतिशत हो ।

काठमाडौँ जिल्ला आज पनि देशभर बढी नयाँ संक्रमित थपिने जिल्लामा पहिलो भएको छ । यहाँको आजको संक्रमण देशभर आज देखिएको कुल संक्रमणको ४७ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज देशभर ३ महिला र १३ जना पुरुष गरी कुल १६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको बताए । त्यसो त यहि अवधीमा १ हजार ५ जनाले कोरोना नेगेटिभ भई डिस्चार्ज भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *