देशभर थपिए ११ सय ५४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ६५ हजार २७६

  • पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ जना डिस्चार्ज
  • - नेपाली हेल्थ

    काठमाडौँ, ५ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप ११ सय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ११ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ११ सय ५४ जनामा संक्रमण देखिएको बताए ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ ।

    देशभरका क्वारेनटिनमा ७ हजार ४०३ जना रहेका छन् । होम क्यारेनटिनमा ८ हजार ६९० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ९२१ सय जना रहेका छन् । देशभरका बिभिन्न अस्पतालका आइसीयूमा १९६ जना र भेन्टीलेटरमा ३१ जना उपचाररत छन् ।


    Facebook Comment


    थप समाचार