स्वास्थ्य विभागका दुई जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ, ५ असोज । दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको पोषण शाखा शिल गरिएको छ । गत शुक्रबार दुई जना महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुई जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अहिले पोषण शाखा बन्द गरिएको छ ।

‘संक्रमण देखियो, त्यसैले निसंक्रमणका लागि दुई दिन देखि कार्यालय स्यानिटाइज गरी शील गरेका छौँ । अब एक दुई दिनपछि कार्यालय खोल्नेछौँ । अहिले त हामी सबै होम क्वारेन्टिनमा रहेका छौँ,’ पोषण शाखा प्रमुख केदार पराजुलीले भने ।

उनले संक्रमित कर्मचारीको पनि स्वास्थ्य अवस्था सामान्य भएकोले होम आइसोलेसनमा रहेको जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *