काठमाडौँ प्रवेशको ‘दोस्रो वेभ’ ! सतर्कता अपनाउँ

- नेपाली हेल्थ
  • डा. शेरबहादुर पुन

    डा. शेरबहादुर पुन

निषेधाज्ञा समाप्त भएको केहि दिनमा नै काठमाडौँ भित्रिनेको अत्यधिक चाप (बिशेषत भारतबाट) बढ्न शुरु भएको छ। यसले मलाई लगभग तीन महिनाको लकडाउन पछि काठमाडौँ भित्रिनेको (पहिलो वेभको) स्मरण गराएको छ।

मैले त्यसबेला पनि केही शान्त देखिएको काठमाडौँ कोरोनाले बिथोल्न सक्ने तर्फ संकेत गर्दै सतर्क रहन भनिएका संदेशमुलक लेखहरु प्रकाशित गरेका थिएँ । मैले त्यसबेला गरेको अनुमान अहिले ठिक हुँदै आएको छ । अर्थात काठमाडौँमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम शुरु भएको छ ।

त्यसबेला पनि नेपालको कोरोना हटस्पट भनिएका ठाउँहरु तथा भारतबाट अचानक ठुलो संख्यामा मानिसहरु काठमाडौँ भित्रिएको थियो र कामको प्रकृति अनुसार उनीहरु प्रत्यक्ष समुदायसम्म पुग्न सक्ने सम्भावनाका थिए। समुदायमा संक्रमण फैलन रोक्ने उदेश्यका साथ गरिएको महिनौं लामो लकडाउन अन्तमा बिना तयारी खोल्दा मानिसमा कोरोनाको जोखिम कम भएको मनोबैज्ञानिक सन्देश गएको थियो ।

त्यसकारण पनि कतिपयले जनस्वास्थका मापदण्ड जानजान बेवास्ता गरेको थिए । कतिपय भने कोरोनासंग भयभित त थिए तर जनस्वास्थका मापदण्ड अनुसरण गर्न अटेरी गरेको देखिन्थ्यो । संक्रमित वा उपचार पश्चात फर्केका, स्वास्थकर्मीहरु वा फ्रन्टलाइनमा काम गर्नेहरुलाई समाजमा गरिएका दुर्व्यवहारका घटनाहरु यसका दरिला उदाहरणहरु हुन् ।

पहिलो लकडाउन खोलेसंगै भारतका सिमा क्षेत्रका शहरहरुमा मानिसको आवतजावत ह्वात्तै बढ्दा र जनस्वास्थ्यका मापदण्डहरु अनुसरण नगर्दा कोरोनाको संक्रमित बढ्ने क्रम देखिएको थियो । यो समयमा भने कोरोना संक्रमितमा लक्षणहरु पनि देखा पर्न शुरु भयो। र, मृत्युको संख्या पनि बढ्दै गयो। ती सिमा क्षेत्रका अधिकांश शहरहरुमा फेरी लकडाउन वा कर्फ्यु नै लगाइएको थियो। यता काठमाडौँमा अस्वाभाविक रुपमा मानिस भित्रिदै गर्दा एक अंकमा देखिएको कोरोनाको संक्रमितको संख्या दुई तीन हुँदे चार सम्म पुगेको छ ।

कोरोना अनियन्त्रित हुँदै जाँदा काठमाडौँ खाल्डोमा निषेधाज्ञा शुरु गरिएको थियो, तर पहिलो लकडाउनमा देखिएको कमी कमजोरीको समीक्षा, अनि त्यसको सम्बोधन कसरी गर्ने भन्ने योजना बिना खोलिएको थियो। तसर्थ यो पटक गरिएको तीन हप्ते निषेधाज्ञाले पनि लक्ष्य अनुसारको नतिजा दिन सकेन । झन् सो अवधिभरी संक्रमितको संख्या बढ्दो क्रममा रहयो ।

समाजमा आर्थिक समस्या पनि बढ्दै जाँदा निषेधाज्ञा अलोकप्रिय बन्दै गयो। बिशेषत भन्नु पर्दा निषेधाज्ञाको मूल लक्ष्य अनुसार संक्रमितको संख्या घट्नु पर्नेमा स्थिर समेत देखिएन। यसको मुख्य कारण भनेको पहिलो लकडाउन गर्दा र सो खोले लगतै कोरोना संक्रमण ह्वात्तै बढ्नुको आवश्यक तथा सहि समीक्षा नहुनु र नगर्नु नै थियो।

हाल काठमाडौँ भित्रिनेको दोस्रो वेभ शुरु भएको छ। पहिलो वेभको को नतिजा हाल हामीले देखिरहेका र अनुभब गरिरहेका छौंअर्थात् दैनिक झन्डै हजारको हाराहारीमा संक्रमितहरु दैनिक जस्तो काठमाडौँमा देखिदै आएका छन् ।

छिमेकी देश भारत अहिले विश्वको दोश्रो धेरै कोरोना संक्रमित भएको देशमा उक्लेसंगै नेपालमा पनि कोरोनाको जोखिम अझै केहि समयसम्म रहने पक्का जस्तो भएकोछ। हाल खोप उपलब्द नहुनु र जनस्वास्थका मापदण्ड पनि सहि र पूर्ण रुपमा पालना नगर्नुले अनियन्त्रित रुपले भित्रिएको मानिसको ‘दोश्रो वेभ’ थप जोखिमपूर्ण देखिएको छ।

छिमेकी देश भारत अहिले विश्वको दोश्रो धेरै कोरोना संक्रमित भएको देशमा उक्लेसंगै नेपालमा पनि कोरोनाको जोखिम अझै केहि समयसम्म रहने पक्का जस्तो भएकोछ। हाल खोप उपलब्द नहुनु र जनस्वास्थका मापदण्ड पनि सहि र पूर्ण रुपमा पालना नगर्नुले अनियन्त्रित रुपले भित्रिएको मानिसको ‘दोश्रो वेभ’ थप जोखिमपूर्ण देखिएको छ।

हाल कोरोना घर घरमा प्रवेश गरिसकेको छ।  परिवारका एक सदस्यबाट अर्को सदस्यमा फैलदै गएको घटनाहरु बढ्दै गएका छन्। स्वयं म आफै पनि धेरै त्यस्ता संक्रमित परिवारहरुसंग अन्तरक्रिया गरिरहेको छु । परिवारमा जेष्ठ नागरिक र दीर्घ रोग भएकाहरुलाई संक्रमणबाट बचाउनु मुख्य चुनौती देखिन्छ। हालको ‘दोश्रो वेभ’ ले यसलाई थप चुनौती र जटिल बनाइदिएको छ।

युवा बर्ग बढी संक्रमित हुने भएकोले सावधानी नअपनाए परिवार भित्र प्रवेश गर्ने माध्यम पनि ती युवाहरु हुनेछन् । हाल पनि अधिकांशमा लक्षण नदेखिने गरेकोले उनीहरु मार्फत घरमा अरुलाई सहजै संक्रमण सर्न सक्नेछ।

भारतमा संक्रमण बढ्दै जाँदा त्यसको प्रभाव सीवा क्षेत्रका नेपालीमा देखिने भयो । अझ् लुकेर नेपाल छिरेका भारतीय नागरिकमा त झन् खतरा । अहिले त्यहि समूह काठमाडौँ प्रवेश गरिरहेको छ । उपत्यकामा संक्रमण बढाउन बल पुगेको छ ।

थप जोखिमको सम्भावना
अबको केहि हप्ता पछि नेपालीको महान चाड दशैँ आउँदै छ । त्यसबेला काठमाडौँ छाडेर आफ्नो मूल थलो गई आफ्ना आमा बुवा वा जेष्ठ नागरिकको हातबाट टिका थप्न जानेछन् । काठमाडौँ भित्रिनेको दोस्रो वेवले गर्दा सो समय काठमाडौँमा कोरोनाको संख्या उत्कर्षमा पुग्न सक्ने छ। अनि काठमाडौँबाट गाउँ फर्कने ती मानिसहरुबाट संक्रमण गाउँ गाउँमा पुग्ने सम्भावना बढ्नेछ। हालसम्म जनघनत्व बढी भएका शहरहरुमा केन्द्रित कोरोना बिस्तारै पहिला नदेखिएका गाउँ गाउँसम्म पुग्न सक्नेछ ।

सतर्कताका लागि के गर्ने त ?
यस्तो अवस्था अर्थात कोरोना संक्रमण गाउँ गाउँमा नफैलियोस भन्नका लागि स्थानीय सरकार चनाखो हुने र योजना बनाउनु पर्दछ। हाम्रो मुख्य लक्ष्य भनेको कोरोना संक्रमण बृद्ध तथा दीर्घ रोग भएकाहरुसम्म नपुगोस भन्ने हुनुपर्ने छ, यद्धपी अरुलाई समस्या नै हुदैन भन्ने चाही होईन् ।

कन्ट्याक्ट ट्रेसिंङ संक्रमण नियन्त्रण गर्ने विधिहरु मध्ये मुख्य मानिन्छ। तर संक्रमितको संख्या बढ्दै जाँदा कन्ट्याक्ट ट्रेसिंङमा पनि चुनौती थपिएको छ । अहिले काठमाडौँ भित्रिदै गरेको दोस्रो वेवमा संक्रमितहरु पनि रहेछ भने आइसोलेसन व्यवस्थित गर्न हम्मे हम्मे पर्नेछ।

काठमाडौँ भित्रिदै गरेकाहरु अधिकांशको ठेगाना अस्थायी हुँदा सहज सम्पर्क नहुने र होम आइसोलेसनको पनि प्रभावकारी अनुगमन नहुँदा संक्रमण रोक्न गाह्रो हुनेछ । आगामी दिनहरुमा मानिसहरुको बाक्लो आवतजावत हुने निश्चित प्राय छ र जनस्वास्थका मापदण्डहरु पनि खासै अनुसरण नगरेको र नगर्ने हुँदा हाल उपलब्ध संस्थागत आइसोलेसन थप तथा व्यवस्थित गर्ने बारेमा योजना बनाई कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन्।

हाल नेपालबाट भारत जानेहरुको लर्को देखिने गरेको छ। आर्थिक समस्याको कारणले गर्दा भारतमा कोरोना संक्रमणले उचाई छुदा पनि बाध्य भएर जानु परेको छ। भारतमा संक्रमितहरुको माझ नेपालीहरु रहदा पक्कै पनि संक्रमित हुनबाट अछुतो भने हुने छैनन्। उनीहरु पुन संक्रमित भएर नेपाल फर्कनु पर्ने बाध्यता आइलाग्न सक्नेछ। शुरुवातीको समयमा अप्रत्याशित संख्यामा नेपाल प्रवेश गर्न खोज्दा क्वारानटिनको राम्रो व्यवस्थापन गर्नबाट चुकेको कमजोरीलाई आगामी दिनहरुमा फेरी नदोहोरियोस भन्नको लागि अहिले नै सोच्नु र सचेत रहनु उपयुक्त हुनेछ।

हाल नेपालबाट भारत जानेहरुको लर्को देखिने गरेको छ। आर्थिक समस्याको कारणले गर्दा भारतमा कोरोना संक्रमणले उचाई छुदा पनि बाध्य भएर जानु परेको छ। भारतमा संक्रमितहरुको माझ नेपालीहरु रहदा पक्कै पनि संक्रमित हुनबाट अछुतो भने हुने छैनन्। उनीहरु पुन संक्रमित भएर नेपाल फर्कनु पर्ने बाध्यता आइलाग्न सक्नेछ। शुरुवातीको समयमा अप्रत्याशित संख्यामा नेपाल प्रवेश गर्न खोज्दा क्वारानटिनको राम्रो व्यवस्थापन गर्नबाट चुकेको कमजोरीलाई आगामी दिनहरुमा फेरी नदोहोरियोस भन्नको लागि अहिले नै सोच्नु र सचेत रहनु उपयुक्त हुनेछ।

काठमाडौँ प्रवेशको दोस्रो वेभ आगामी दिनमा चाड पर्बको लागि काठमाडौँबाट आफ्नो गाउँ जाने, अहिले भारत जाँदै गरेकाहरु संक्रमित भएर फर्कन सक्ने अवस्था, र परिवार भित्र कोरोना घुम्दै गर्दा बृद्धहरुसम्म रोक्न देखिएको चुनौती आ जस्तालाई मध्येनजर गर्दा जनस्वास्थका मापदण्डलाई इमादारिताका साथ व्यवहारमा लागु गर्नुको विकल्प देखिएको छैन् । वास्तमा, रोग नियन्त्रण गर्नु र उचार गर्नु भन्दा, रोग नै फैलन र लाग्नै नदिनु सबैभन्दा बुद्धिमानी हुँनेछ।

# डा. पुन टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

 


Facebook Comment


थप समाचार