एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा १ कात्तिकमा गर्ने निर्णय

काठमाडौं, ४ असोज । नेपाल मेडिकल काउन्सिलले यस बर्षको चिकित्सक नाम दर्ता (अण्डर ग्राजुएट्स लाइसेन्स) परीक्षा आगामी १ कात्तिकमा गर्ने भएको छ । काउन्सिलले यसअघि ८ चैतमा रोकिएको ‘अण्डर ग्राजुएट्स’को लाइसेन्स परीक्षा गत २० भदौमा सम्पन्न गरेको थियो ।

काउन्सिलका रजिष्टार डा कृष्णप्रसाद अधिकारीले कोरोना महामारी पछि रोकिएको एमबीबीएस र वीडीएसको लाइसेन्स परीक्षा १ कात्तिकमा गर्ने निर्णय भएको बताए । उनले यसपटक पनि लाइसेन्स परीक्षाका लागि केन्द्रहरु काठमाडौँ सहित धरान, वीरगञ्ज, चितवन र नेपालगञ्जमा राखिने योजना रहेको बताए ।

यो परीक्षामा गत २० भदौको परीक्षामा अनुतीर्ण भएका विद्यार्थीहरुले पनि सहभागिता जनाउन सक्ने उनले जानकारी दिए ।

काउन्सिलले परीक्षाका लागि ६ असोज देखि २० असोजसम्म अनलाइन फारम भर्न सकिने र त्यसमा छुटेकाहरुले २१ असोजमा विलम्ब शुल्क सहित फारम भर्न मिल्ने व्यवस्था गरेको छ ।

आगामी १ कात्तिकमा हुने यो ५८ औँ चिकित्सक नाम दर्ता (लाइसेन्स)परीक्षा हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *