डा गोविन्द केसी आइसीयूमा, तर स्वास्थ्य जाँच गर्न मानेनन्

काठमाडौँ, ४ असोज । जुम्लामा अनसनरत डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा सारिएको छ । तर उनले स्वास्थ्य जाँच गर्न मानेका छैनन् ।

स्थानीय प्रशासनले डा केसीको स्वास्थ्य थप बिग्रन सक्ने भन्दै शनिबार राती पौने ११ बजे डा केसीलाई बाबिरा मस्ट मन्दिर परिसरबाट अस्पताल साररेको थियो । उनले आफूलाई जवरजस्ती अपहरण शैलीमा सारिएको भन्दै स्वास्थ्य जाँच गर्न नमानेका हुन् ।

अस्पतालद्धारा आज जारी विज्ञप्तीमा डा केसीलाई आइसीयूमा राखिएको तर स्वास्थ्य जाँच गर्न नमानेको उल्लेख छ । ‘हिजो अस्पताल ल्याउनु अघिसम्म दिनमा तीनपटक जाँच गरेका थियौँ तर अस्पताल ल्याइसकेपछि सबै खालको स्वास्थ्य जाँच लिन नमान्नु भएकोले प्रेसर, मुटुको गति, शरीरको तापक्रम, पीसावको मात्रा, अक्सिजनको मात्रा आदि कुनै पनि जाँच गर्न सकिएको छैन्,’ डा प्रविणकुमार गिरी, डा धिरज गुरुङ, ड अनुपमंगल समाल र सविना थापाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *