कांग्रेस महामन्त्री डा. शशांकको स्वास्थ्य अवस्था स्थिर, रेमडेसिभिर औषधि चलाइयो

ॐ अस्पतालको आइसीयूमा डा कोइराला, तस्बिर : डा कोइरालाको सचिवालय

काठमाडौँ, १ असोज । चावहिलस्थित ॐ अस्पतालको आइसीयूमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको छ । चावहिल स्थित ॐ अस्पतालमा उपचाररत डा कोइरालालाई क्लिनिकल ट्रायलमाको रुपमा रहेको औषधि रेमडेसिभिर समेत चलाइएको छ ।

‘वहाँको स्वास्थ्य अवस्था अहिले स्थिर नै रहेको हो । रेमडेसिभिर औषधि चलाइएको छ । त्यसको डोज पुरा हुन केही दिन त लाग्छ नै । त्यसैले केही दिन औषधिको डोज पुरा गर्न पनि यहाँ बस्नुपर्ने हुनसक्छ,’ अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले भने । उनले डा कोइरालालाई फोक्सोमा निमोनियाको संक्रमण देखा परेको बताए ।

सामाजिक सञ्जालमा अनेकथरी कुराहरु आएपछि अस्पतालले आज केही बेरमा डा कोइरालाको अडियो सन्देश समेत प्रशारण गर्ने योजना बनाएको छ । ‘उहाँ आइसीयूमै उपचाररत हुनुहुन्छ । र हामीले उहाँको भ्वाईस म्यासेज सार्वजनिक गर्ने योजना अघि सारेका छौँ,’ प्रवन्ध सञ्चालक कार्कीले भने ।

गत २३ भदौमा कोरोना संक्रमणमा परेका कोइराला डाक्टरको सल्लाहमा होम आइसोलेसनमा बसेका थिए । तर तीन दिन अघि ज्वरो आउन थालेपछि उनलाई मंगलबार बेलुका ८ बजे ॐ अस्पताल ल्याई भर्ना गरिएको थियो । उनको उपचारमा डा विश्वनाथ कोइरालाको नेतृत्वमा चिकित्सक टोली खटिएको छ ।

https://www.facebook.com/Drshahankkoiralasecretariat/videos/648333805812452/?t=18

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *