स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आव्हान

काठमाडौँ, १ असोज । सरकारले कोभिड – १९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मानमा बेलुका ८ बजे घर घरमा दीप प्रज्वलन गर्न आम सर्वसाधारणलाई आवहान गरेको छ ।

विश्व विरामी सुरक्षा दिवसको अवसरमा कोभिड – १९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउन स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले सो आव्हान गरेको हो ।

‘स्वास्थ्यकर्मीको सुरक्षा:  विरामी स्वास्थ्यको लागि प्राथमिकता’ भन्ने मूल नाराका साथ आज विश्व बिरामी सुरक्षा दिवस मनाईदै छ । विश्व स्वास्थ्य संगठनले हरेक बर्ष १७ सेप्टेम्बरका दिन यो दिवस मनाउने आव्हान गरे अनुरुप विश्वभरका देशहरुमा आज यो दिवस मनाइने गरेको हो ।

अघिल्ला बर्ष औपचारिक कार्यक्रम गरी यो दिवस मनाइने गरेपनि स्वास्थ्य मन्त्रालयले यसपटक औपचारिक कार्यक्रम गरेको छैन् ।

मन्त्रालयले सरकारी सञ्चारमाध्यम मा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य राज्यमन्त्री नवराज रावतको शुभकामना सन्देश प्रकाशित गरेको छ भने बेलुका सात बजे माइतीघरमा दीप प्रज्वलन गर्ने उपचारात्मक महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले बताए । उनले यसपटक कोभिड -१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मानमा बेलुका ८ बजे आम सर्वसाधारणलाई घर घरमा दीपावली गर्न समेत अनुरोध गरिएको जानकारी दिए ।

‘बिरामीको सुरक्षाका लागि पहिले स्वास्थ्यकर्मी सुरक्षित हुनुपर्‍यो, यसपटक कोभिड -१९ का कारण स्वास्थ्यकर्मीहरु बढी जोखिममा भएका कारणले पनि यो दिवसमा स्वास्थ्यकर्मीको सुरक्षालाई प्राथमिकता दिइएको छ,’ डा पोखरेलले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *