देशभर थपिए १ हजार ५३९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५८ हजार ३२७

काठमाडौँ, ३१ भदौ । पछिल्लो चौविस घण्टामा देशभर १ हजार ५३९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ४९४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार ५३९ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४१ हजार ७०६ सय पुगेको छ ।

त्यसैगरी शून्य संक्रमितहरू रहेका जिल्ला ६ वटा छन भने ५ सय भन्दा माथि उपचाररत संक्रमितहरू रहेका जिल्ला ९ वटा छन् ।

देशभरका क्वारेनटिनमा ७ हजार ८२० जना रहेका छन् । होम क्यारेनटिनमा ७ हजार ७०१ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहेका छन् । आइसीयूमा १७३ जना र भेन्टीलेटरमा २६ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *