स्वास्थ्य बीमा बोर्डमा दुई जना सदस्य मनोनित

काठमाडौँ, ३१ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा दुई जनालाई मनोनित गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय  गर्दै डा सुरेश तिवारी र चन्द्र थापालाई ४ बर्षका लागि मनोनित गरेका हुन् ।

डा. तिवारी विज्ञको तर्फबाट मनोनित भएका हुन् भने थापा विमितहरुको तर्फबाट मनोनित भएका हुन् ।

मनोनित भए लगत्तै उनीहरुलाई बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । त्यसअघि बोर्ड अध्यक्ष डा उप्रेतीले स्वास्थ्य मन्त्री ढकालसंग सपथ लिएका थिए ।

स्वास्थ्य बीमा ऐन २०७४ अनुसार मन्त्रालयले सम्वन्धीत क्षेत्रमा पाँच बर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तिमा दुई जना महिला सहित तीन जना र बिमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने प्रावधान छ । आज मनोनित गरेपछि मन्त्रालयले थप तीन जना महिलाहरु मनोनित गर्न बाँकी छ ।

बोर्डमा अर्थ मन्त्रालयका सहसचिव, स्वास्थ्य मन्त्रालयको सहसचिव पदेन सदस्य हुने प्रावधान छ । बोर्डको कार्यकारी निर्देशक सदस्यसचिव हुने प्रावधान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *