गण्डकी प्रदेशमा थपिए ५५ जना कोरोना संक्रमित


पोखरा, ३१ भदौ । गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र ह्याम्स अस्पताल, काठमाडौँको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ५ जिल्ला कास्कीका ३२, तनहुँका ६, गोरखाका १३, लमजुङका ३ र नवलपरासीका १ जना छन् ।

सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १७१ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *