कांग्रेस महामन्त्री शशांकको स्वास्थ्यमा समस्या, ॐ अस्पतालको आइसीयूमा उपचार हुँदै

काठमाडौँ, ३१ भदौ । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई मंगलबार साँझबाट चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको हो । अहिले उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ ।

‘कोरोना पोजेटिभ आएपनि डाक्टरको सम्पर्कमा रहेर होम आइसोलेसनमा हुनुहुन्थ्यो । तर पछिल्लो समय निमोनिया र ज्वरोको समस्या आएपछि त्यसपछि यहाँ आउनु भएको हो । अहिले आईसीयूमा उपचाररत हुनुहुन्छ । स्वास्थ्य अवस्था स्टेवल छ,’  अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले भने ।

कार्कीले शशांकको उपचारका लागि सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेश सुन्दर श्रेष्ठ लगायतको टिम सहभागी रहेको बताए ।

कोइरालामा गत २३ भदौमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *