पन्ध्र शैय्याको अस्पतालको लागि अब एकै ठाँउमा ९ रोपनी जग्गा नचाहिने

काठमाडौँ, ३१ भदौ । सरकारले १५ शैय्याको अस्पताल निर्माणका लागि एकै ठाँउमा कम्तीमा ९ रोपनी जग्गा चाहिने यसअघिको मापदण्डलाई संसोधन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शैय्याको अस्पतालको जग्गा सम्वन्धी मापदण्ड संसोधन गरेको हो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अब १५ शैय्याको अस्पताल निर्माणका लागि ९ रोपनीको एक तिहाई जग्गा एक ठाँउमा र अरु जग्गा नजिकै भएपनि हुनेगरी मापदण्ड संसोधन गरिएको बताए । ‘विशेषगरी पहाडी क्षेत्रमा जग्गाको समस्या देखियो । एकै ठाँउमा भने जति भनेजस्तो जग्गा नपाउने समस्या रहेछ । त्यसलाई सम्वोधन गर्न एक ठाँउमा ३ रोपनी र एक किमि नजिकै बाँकी ६ रोपनी जग्गा भएपनि हुने गरी व्यवस्था मिलाइएको छ,’ उनले भने ।

ठूलो भागमा अस्पताल बन्ने र सानो भागमा अस्पतालका स्वास्थ्यकर्मीहरुको क्वाटर, स्टोर आदि राख्न सकिने भन्ने उद्धेश्यले पनि यो निर्णय लिइएको बताए ।

‘मापदण्ड छ तर आवश्यक ठाँउमा जग्गा पाइएन भने त समस्या भयो । त्यसैलाई मध्यमार्गी उपाय निकालिएको हो,’ उनले भने ।

पछिल्लो समय सरकारले हरेक पालिकाहरुमा कम्तिमा १५ शैय्याको अस्पताल हुनुपर्ने व्यवस्था गरेको छ । तर पहाडका धेरै ठाउँमा जग्गा समस्याले पूर्ण कार्यान्वयन हुन सकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *