नेपाली, भारतीय र चिनियाँ कम्पनीका स्यानिटाइजरमा भेटियो बिषाक्त रसायन

काठमाडौँ, ३१ भदौ । नेपाली, भारतीय र चिनियाँ गरी चारवटा कम्पनीले उत्पादन गरेका ह्याण्ड स्यानिटाइजरमा विषाक्त रसायन भेटिएको छ । औषधि व्यवस्था विभागले बजारमा बिक्रीका लागि राखिएको ती स्यानिटाइजरको नमूना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त रसायन मेथानोल भेटिएको हो ।

विभागले ती स्यानिटाइजर प्रयोग नगर्न आम सर्वसाधारणलाई अपिल गरेको छ भने उत्पादकहरुलाई गुणस्तरहीन स्यानिटाइजर बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

बिषाक्त रसायन ग्वान्जाओ ओवोपिकल फाइन केमिकल कम्पनी लिमिडेट चाइनाको उत्पादन ओपिकल नन् वासिङ एन्टीव्याक्टेरियल सलुसन १२० एमएल, सम्पदा हेल्थकियर प्रालि ललितपुरको सासा इन्स्टयान्ट ह्याण्ड स्यानिटाइजर ५० एमएल, आर एल क्रप इन्डिया गुजरात भारतको पामाकेयर इन्स्टयान्ट ह्याण्ड स्यानिटाइजर ६० एमएल र श्रीनाथ हर्वल एण्ड कस्मेटक इन्डस्ट्र प्रालि काठमाडौँको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर ६५ एमएल रहेका छन् ।

विभागले यसअघि पनि दर्ता नभएका र विषाक्त रसायन प्रयोग भएका स्यानिटाइजर प्रयोग नगर्न भन्दै सूचना जारी गरेको थियो ।
पछिल्लो समय कोरोना महामारीको संक्रमण फैलिएको बेला बजारमा थुप्रै कम्पनीको स्यानिटाइजर आएको र त्यसमा गुणस्तरहिन रसायनहरुको प्रयोग हुने गरेको देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *