लामो दुरीको यातायात र आन्तरिक हवाई उडान १ असोज देखि सञ्चालनमा आउने

काठमाडौँ, ३० भदौँ । सररकारले लामो दुरीको यातायात र आन्तरिक हवाई उडान १ असोज देखि सञ्चालनमा ल्याउन अनुमति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यातायात र हवाई उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने र व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने निर्णय भएको छ । त्यसमा यात्रु र सवारी चालक तथा सह चालकहरुले आवश्यक स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *