आन्तरिक हवाई र लामो दुरीको यातायात ५ असोज पछि खुल्ला गर्ने सरकारको निर्णय

- नेपाली हेल्थ

काठमाडौँ, २९ भदौ । सरकारले आन्तरिक हवाई उडान र लामो दुरीको यातायात सेवा ५ असोजदेखि खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

यसअघि अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान १ असोज देखि खुल्ला गर्ने भनिएको थियो । तर पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा नहुँदा निर्णय केही दिन पर सरेको एक मन्त्रीले बताए ।


Facebook Comment


थप समाचार