देशभर थपिए १ हजार ८१ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४९ हजार २१९

 


काठमाडौँ, २४ भदौ । पछिल्लो चौविस घण्टामा देशभर १ हजार ८१जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार १६७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार ८१ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ९१८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३३ हजार ८८२ सय पुगेको छ ।

शून्य संक्रमितहरू रहेका जिल्ला ५ वटा छन भने ५ सय भन्दा माथि उपचाररत संक्रमितहरू रहेका जिल्ला ८ वटा छन् ।

देशभरका क्वारेनटिनमा ५ हजार ४८० जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ७ हजार ३७ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना रहेका छन् ।  भेन्टीलेटरमा २२ जना र आइसीयूमा १६२ जना उपचाररत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *