वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ७१ जनामा कोरोना संक्रमण, ओपिडी दुई दिन बन्द

काठमाडौँ, १६ भदौ । मंगलबार दिउसो थप तीन जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी कुल १६ जनामा कोरोना संक्रमण देखिएपछि वीर अस्पताल प्रशासनले बुधबार र बिहीबार ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पतालले आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने जानकारी दिएको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले अहिलेसम्म १२ चिकित्सक, १२ नर्स सहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको बताए ।

‘आज मात्रै १३ जना स्टाफ र ३ जना बिरामीमा देखियो । अहिले बेलुकाको रिपोर्ट आउनै छ । त्यसमा अझ थपिन सक्छ । त्यसैले निसंक्रमण र कन्ट्याक्ट टेसिङका लागि हामीले दुई दिन ओपिडी बन्द गर्ने निर्णय गरेका छौँ,’ निर्देशक डा सेन्चुरीले भने ।

उनले पछिल्लो समय डाक्टर नर्स, क्लिनर सहितका जनशक्तिहरु धमाधम संक्रमणमा परेको बताए ।

वीर अस्पतालमा कोभिड र नन् कोभिड बिरामीलाई एउटै ठाँउमा राख्दा गोलमाल भएको समेत कतिपय स्वास्थ्यकर्मीहरुले बताउन थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *