विश्व स्तनपान सप्ताह प्रारम्भ, स्वास्थ्यमन्त्री ढकालले दिए भिडियो सन्देश

काठमाडौँ, १७ साउन ।  आज विश्व स्तनपान सप्ताहको पहिलो दिन, नेपालमा पनि विविध कार्यक्रम गरी यो सप्ताहको शुभारम्भ गरिदैछ । यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुभकामना सन्देश दिएका छन् ।

सन्देशमा उनले स्तनपानलाई संरक्षण र सम्वर्धन गर्न हरेक स्थानीय तहहरुमा स्तनपान कक्षको स्थापना गरिएको बताउँदै स्तनपान गराइरहेकी कामकाजी आमाहरुलाई स्तनपान मैत्री वातावरण सिर्जना गरि सहयोग गर्न सबै सरकारी, गैरसरकारी कार्यालयहरुलाई अनुरोध गरेका छन् ।

यसैगरी उनले सेवाग्राहीको भिडभाड हुने सार्वजनिक स्थलहरुमा स्तनपान कक्षको स्थापना गरि स्तनपानलाई संरक्षण तथा सम्बर्धन गरिदिन सबै सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन् । । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा धेरैजसो राष्ट्रिय विमानस्थलहरुमा स्तनपान कक्षको स्थापना भएको र नभएका विमानस्थलहरुमा स्थापना हुने क्रममा रहेको मन्त्री ढकालले बताए ।

नेपालमा शहरका आमाहरुले कार्य व्यस्तताका कारण आफ्ना शिशुलाई स्तनपान गराउने क्रम घट्दै गएको छ । नेपालका जनसांख्यिकी तथा स्वास्थ्य सर्वेक्षण २०१६अनुसार नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको छ ।

शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या भने ८९ प्रतिशत रहेको छ । शिशु जन्मेदेखि १ महिनासम्म आमाको दुध खुवाउनेको संख्या ८० प्रतिशत रहेको छ ।

स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार”भन्ने मूल नाराका साथ आजदेखि २३ गतेसम्म विश्व स्तनपान सप्ताह २०७७ मनाइँदैछ । स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक बर्ष संसारभर अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन थालिएको हो ।

स्वास्थ्य मन्त्री ढकालले दिएको सन्देश :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *