प्रतिदिन १० हजारको पीसीआर परीक्षण गर्न सक्ने क्षमता भए क्वारेन्टिनमा २०-२२ हजार मान्छे राखेर किन बस्या ?

प्राडा जागेश्वर गौतम – प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

‘क्वारेन्टिनमा २० हजार मान्छे छन्, १० हजार जनाको जाँच्ने क्षमता छ पनि भनिन्छ, यति मान्छेको दुई दिनमा जाँचेर क्वारेन्टिन् किन खाली नगर्‍या ?’ यो प्रश्न अधिकांशले गर्नुहुन्छ ।

यहाँ निर के कुरा बुझ्नु प¥यो भने, अहिले क्वारेन्टिनमा बस्नेहरु भारतबाट आएकाहरु हुनुहुन्छ । भारतबाट पछिल्लो समय प्रतिदिन १५ सय देखि २ हजार मान्छे आउनु हुन्छ ।

आज दुई हजार भोलि दुई हजार दश बाह्र दिनमा गरी २०- २२ हजार मान्छे जम्मा हुने हो । हामीले एक एक दिनमा आएकाहरुलाई पालो गरी जाँच गर्ने हो । अर्थात १० दिन अघि आएकालाई आज जाँच गरियो भने, नौ दिन अघि आएकाहरुको भोलि जाँच हुन्छ ।

एवंरितले जाँच हुन्छ । एक दिनमा जति जना आउनुहुन्छ निश्चित अवधी पुगेपछि त्यति जनाको जाँच हुन्छ तर पछि आएकाहरुको अवधी नपुगी जाँच गरिदैन् । त्यसैले क्वारेन्टिनमा रहेकाहरुको एकैपटक जाँच गर्न नमिलेको हो ।

अहिले हामीकहाँ २८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । र हामी आवश्यक परेको खण्डमा प्रति दिन १० हजार भन्दा बढी पीसीआर परीक्षण गर्ने क्षमतामा पुगेका छौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *