कोरोना भाइरस (कोभिड-१९)बाट जोगिन सात बुँदे आधारभूत रणनीतिहरू

डा. नारायणबहादुर बस्नेत,  सीएमडीसी चावहिल

कोरोना भाइरस रोग (कोभिड – १९) को प्रकोपबाट बच्नको लागि आधारभूत रणनीतिहरू :

१. सीधा सम्पर्क नराखौं ।
— एक व्यक्ति र अर्काे व्यक्तिको जीउमा छुने गरी नबसौं । कुरा गर्नुपर्दा एक व्यक्तिको स्वासले अर्को व्यक्तिको स्वासलाई प्रभावित हुने दुरी भन्दा टाढा बसौं।
— घरबाट निस्कँदा मास्कको अनिवार्य प्रयोग गरौं।
— हाछ्यूँ गर्दा वा खोक्दा मुख छोप्ने गरौं।
— शरीरका संवेदनशील अङ्ग जस्तैः आँखा, मुख, नाक आदिमा हात नधोइकन नछुऔं।
— खाना खानुभन्दा अघि वा कुनै बाहिरबाट ल्याएको सामान छोइसकेपछि कम्तिमा २० सेकेण्ड साबुन पानीले राम्रोसँग हात धोऔं। हात धुँदा औंलाको काप तथा नङभित्र पनि सफा गरौं।
— बिरामीको हेरचाह गर्दा सावधानी अपनाऔं र आफूलाई रोग लागेको शंका लागेमा सम्बन्धित स्वास्थ्य संस्था वा अस्पतालमा तुरुन्त सम्पर्क राखौं।

२. भीडभाडबाट बचौं । कुनै पेशागत काम गरी वा अन्य विशेष कारणले जानैपर्ने भएमा फर्किसकेपछि आफूहरुले लगाएको लुगा साबुन पानी वा सर्फले धोऔं।

३. प्रयाप्त मात्रामा झोल खानेकुरा खाऔं । जस्तैः मनतातो पानी, सूप, फलफूलको रस आदि।

४. रोगीलाई घृणा नगरौं, सहानुभूति तथा करुणा राखी सकेको सहयोग गरौं।

५. अनावश्यक चिन्ता नलिऔं । मनलाई शान्त र प्रसन्न राखौं।

६. भरपर्दो तथा आधिकारीक श्रोतबाट प्रचार गरिएको सरसल्लाह तथा सुझावलाई मनन् गरी व्यवहारमा उतारौं।

७. बुढापाकाहरू, नियमित औषधि सेवन गरिरहेका दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूल विशेष सावधानी अपनाऔं।

‘प्रत्येक कणको आफ्नै अस्तित्व हुन्छ, सम्भव भएसम्म प्रयास जारी राखौँ ।’

#डा. बस्नेत बालरोग तथा बाल मुटुरोग विशेषज्ञ हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *