कोरोना भाइरसविरुद्धको अभियानमा स्वास्थ्यका दुई प्रमुख विशेषज्ञ सहित ८ जना सहसचिवहरुलाई विशेष जिम्मेवारी तोकियो

काठमाडौँ, १० चैत ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने कार्यका लागि प्रमुख विशेषज्ञ तथा सहसचिव तहका विभागीय प्रमुखहरुलाई विभिन्न विधामा संयोजक तोकेको छ ।

मन्त्रालयले प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई बैदेशिक समन्व्य गर्ने संयोजक र अर्का प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंहलाई अन्तर मन्त्रालय निकाय तथा प्रदेश समन्वय गर्ने संयोजक तोकेको छ ।

यस्तै सहसचिव डा गुणराज लोहनीलाई अस्पतालहरुसंग सम्वन्धित विषयवस्तुको संयोजक, डा तारानाथ पोखरेललाई प्रयोगशाला सम्वन्धित विषयबस्तुको संयोजक तोकेको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई औषधिजन्य विषयबस्तुको संयोजक, डा विकास देवकोटालाई सामाम्री व्यवस्थापन संयोजक, रघुराम विष्टलाई कर्मचारीसंग सम्वन्धित विषयबस्तुको संयोजक र शैलजा रेग्मी भट्टराईलाई सूचना विषयवस्तुको संयोजकको जिम्मेवारी दिइएको छ ।

कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीबाट नेपाललाई जोगाउन मन्त्रालयले उच्चअधिकारीहरुलाई थप जिम्मेवारीका साथ प्रभावकारी खटाउने निर्णय गरेको हो ।

नेपालमा शुरुमा एक जना बाहेकमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन् । शुरुमा भेटिएका ती व्यक्तिसमेत अहिले निको भइसकेका छन् । यद्धपी जोखिम भने कायम नै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *