कोरोना नियन्त्रणका लागि सम्पूर्ण विश्व एक हुनु आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौँ, २ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि सम्पूर्ण विश्व एकजुट भएर लाग्नु पर्ने बताएका छन् ।आइतबार बेलुका सार्क राष्ट्रका सरकार प्रमुखहरुबीच भएको भिडियो कन्फरेन्समा उनले यस्तो बताएका हुन् ।

‘अहिले कोरोनाले विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको छ । यसको नियन्त्रणका लागि सम्पूर्ण विश्व एकजुट भएर लाग्नुपर्छ’ प्रधानमन्त्री ओलीले अगाडी थपे सहि समयमा सहि विषयमा कन्फरेन्स आयोजना गर्नु भएकोमा म मोदीजीलाई धन्यवाद भन्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका कारण विश्व अर्थत्रन्त्रमै गम्भीर समस्या उत्पन्न भएको बताउँदै यसको संक्रमण रोकथाममा सार्कका सबै सदस्य राष्ट्र र सबै राष्ट्रले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नुपर्ने बताए ।

नेपालले कोभिडको सम्भावित जोखिमलाई ध्यान दिएर अस्पतालहरुको क्षमतावृद्धि गरिएको, आत्मरक्षा र आइसोलेसनमा जानुपर्दाको तयारी गरिएको भन्दै ओलीले नेपाल भ्रमण वर्ष २०२० स्थगन गरिएको तथा तेस्रो मुलुकका गतिविधि र अन्तरराष्ट्रिय सम्मेलनहरुको आयोजना स्थगन गरिएको समेत जानकारी दिए ।

उनले अन्य मुलुकबाट अन अराइभल प्रवेशाज्ञा रोकिएको, सङ्घीयस्तरमा उच्चस्तरीय रोकथाक तथा नियन्त्रण समन्वय समिति गठन गरिएको र उक्त समिति स्थानीय तहसम्म गठन गरिएको पनि उल्लेख गरे ।

३० फागुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै कोरोना भाइरस नियन्त्रणका लागि सार्क राष्ट्रहरु एकजुट भएर रणनीति बनाएर यसको नियन्त्रणबारे छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा रहेका प्रधानमन्त्री ओलीले अस्पतालबाटै मोदीको उक्त प्रस्तावमा सहमत जनाएका थिए । सोही साँझ अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शनिबार साँझ आफ्नो सचिवालय सदस्यहरुलाई जानकारी गारउँदै आइतबार साँझ उक्त भिडियो कन्फरेन्समा आफू सहभागी हुने बताएका थिए ।

प्रधानमन्त्री ओली भिडियो कन्फरेन्सका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आउने भएपछि आइतबार दिउँसोबाटै कार्यालय परिसरमा स्प्रे गरेर सरसफाई गरिएको थियो । भिडियो कन्फरेन्समा कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नेप्रति नेपाल गम्भीर र ठोस कार्ययोजनाका साथ अघि बढ्ने पनि प्रधानमन्त्री ओलीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *