चीनमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२५ पुग्यो

बेइजिङ । चीनमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । भाइरसको संक्रमणमा पर्नेको संख्या सोमबारसम्म २० हजार ४३८ पुगेको चीनको स्वास्थ्य आयोगले जनाएको छ । चीन बाहिर हङकङ र फिलिपिन्समा थप एक एक जनाको मृत्यु भईसकेको छ । सो सहित कोरोना भाइरसबाट मृत्यु हुनेकोसंख्या ४२७ पुगेको छ ।

आयोगका अनुसार चीनमा सोमबारमात्रै ६४ जनाको मृत्यु भएको छ भने ३ हजार २३५ नयाँ संक्रमण देखिएको छ ।

आयोगका अनुसार सोमबार मध्यरातसम्म हुवेइ प्रान्तमा मात्रै २ हजार ३४५ जनामा नयाँ संक्रमण भेटिएको छ । त्यसमध्ये १ हजार २४२ वुहान शहरमा भेटिएको हो ।

हंङकङमा  एकको मृत्यु

नयाँ कोरोना भाइरसबाट हंङकङमा एक जना ३९ बर्षिय पुरुषको मृत्यु भएको छ । यो भाइरसबाट चीन बाहिर मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि आइतबार फिलिपिन्समा पनि एक व्यक्तिको ज्यान गएको थियो ।

क्वाईचुङस्थित प्रिन्सेस मार्गरेट हस्पिटलमा कोरोनाभाइरसको उपचार गराईरहेका उनको मंगलबार विहान हार्ट फेल भएर मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

उनी गत २१ जनवरीमा चीनको वुहान पुगेका थिए । उनी त्यहाँ दुई दिन बसेर रेलमार्गबाट हंङकङ फर्केका थिए । हंङकङ अहिले १५ जनामा यो भाइरस देखिएको छ । उनी १३ औँ व्यक्ति थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *