यस्ता छन् तुलसीकाऔषधिय गुण

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

तुलसी प्राय सबैको घरघरमा रोपिएको देख्न सकिन्छ । हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पूजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस ५–१० मिलि मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ ।

बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ ।

मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ ।

विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातोपानीसँग पनि सेवन गर्न सकिन्छ । जसले साधारण रुघाखोकी हुनबाट जोगाउँछ ।

किटाणुनाशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

तुलसीको पातलाई धूलो पाउडर बनाई नरिवलको तेलमा मिलाएर लगाउनाले कपाल झर्ने समस्याबाट मुक्ति मिल्नुका साथै कपाल स्वस्थ रहन मद्दत मिल्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *