शल्यक्रियामा ५० प्रतिशत छुट गर्ने विराट मेडिकल कलेजको घोषणा

मोरङ, २६ साउन । विराटनगरस्थित विराट मेडिकल कलेजले विरामीको शल्यक्रियामा ५० प्रतिशत छुटको घोषणा गरेको छ । आफ्नो ५ औं वार्षिक उत्सवको अवसरमा कलेजले यस्तो छुट दिने घोषणा गरेको हो ।

कलेजका अध्यक्ष तथा स्त्री रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार जनरल सर्जरी लगायत हाडजोर्नी, नशा, नाक, कान र घाँटी, स्त्रीतथा प्रसुतिजस्ता समस्या भएकाहरुलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । उनी भन्छन्, ‘हाम्रो उदेश्य पैसा कमाउने भन्दापनि सवैमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनु हो । वार्षिक उत्सवमामात्रै नभएर समय समयमा छुट अफर दिएर सवैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनपाउँदा हामी हर्षिक हुन्छौं ।’

ल्याप्रोसकपिक सर्जरी (चिरफार नगरी नै अपरेशनगर्ने पद्धती) नेपालमा भित्र्याएका डा. कार्कीले आफ्नो अस्पताल गैर नाफा मुलक भएको भन्दै सर्वसुलभ रुपमा जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन आफू लागि परेको बताए ।
‘प्रदेश १ र दुईका बासिन्दालाई छिटो, सस्तो–सुलभ र गुणस्तरिय उपचार सेवाप्रदानगर्ने हाम्रो मुख्य उदेश्य हो’, डा.कार्कीले भने, ‘ र यसका लागी हामी सदैब तत्पर रहेका छौ ।’

टिचिङ्ग हस्पिटल भएकाले चिकित्सकहरुको बारेमा कुनै पनि खालको अन्यौलता नहुने दावी अस्पतालको छ ।  यस अस्पतालमा दक्ष, अनुभवी र सम्बन्धित रोगका बारेमा प्रशस्त ज्ञान हासिल गरेका पाँच दर्जन चिकित्सकहरु मेडिकल कलेजमा आवद्ध छन् । सफा, खुल्ला, शान्त वातावरण भएको पूर्वाञ्चलको नमुना हस्पिटल बन्दै गएको यस अस्पतालमा अत्याधुनिक मेशीन सहितको उत्कृष्ट ल्याब (थोरै समयमा रिपोर्ट आउने) को पनि व्यवस्था रहेको दावी गरिएको छ ।

२४ सै घण्टा रेडियोलोजी सेवा, आकस्मिक सेवा, बिशेषज्ञ सेवा, फार्मेसी सेवा, ब्लड बैंक, ओपीडी सेवा, सधन उपचार कक्ष, सिसियू, आईसियू, बाल सधनउपचार कक्ष, एनआईसियू, पीआईसियू, मेडुलर शल्यक्रिया कक्ष, निःशुल्क खोप कार्यक्रमहरु उपलब्ध भएको मार्केटिङ तथा कम्युनिकेशन शाखाका प्रमुख आभाश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यस अस्पतालमा दिइने सेवाहरु न्यूरो,प्लाष्टिक सर्जरी,डाइटिसियन,आँखा, हाडजोर्नी तथानशा, फिजियोथेरापी, मेडिसिन, नवजाततथाबाल रोग,स्त्रीतथा प्रसुती, छाला तथा सौन्दर्य, जनरल सर्जरी, यूरोलाजी,नशा तथा मानसिक रोग, नाक,कान घाँटी,रक्तरोग तथा क्यान्सर जस्ता रोगहरुको उपचार गरिन्छ ।

त्यसैगरी आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम जस्ता सरकारी कार्यक्रम समेत यस अस्पतालले सहजरुपमा सञ्चालन गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *