रक्तचाप बढेको कसरी थाह पाउने ? प्राथमिक उपचार के गर्ने ?

प्राडा प्रकाशराज रेग्मी, बरिष्ठ मुटुरोग विशेषज्ञ

यदि रक्तचाप १८०/११० मि.मि. वा सो भन्दा बढी पुग्यो र साथमा चक्कर लाग्ने, छाती दुख्ने, दम बढ्ने, आँखा धमिलो देख्ने, हातखुट्टा लुलो हुने आदि कुनै पनि लक्षण देखा पर्‍यो भने यो मुटुको इमर्जेन्सी अवस्था हो ।

यस्तो अवस्थामा तत्काल अस्पताल पुगी भर्ना भई उपचार गर्नुपर्छ । अन्यथा हृदयघात, मस्तिष्कघात, अन्धोपन, मिर्गौला फेल आदि परिणाम भोग्नुपर्ने हुन सक्छ ।

तर भनेको बेलामा तत्काल डाक्टर वा अस्पताल उपलव्ध नहुन पनि सक्छ । यस्तो बेलामा घरमै भएपनि प्राथमिक उपचार गरिहाल्नु पर्छ ।त्यसका लागि निम्न उपाय अपनाउन सकिन्छ । 

एक्कासी रक्तचाप बढेका बेला अपनाउन पर्ने प्राथमिक उपचार :

– तातो पानी पिउने
– नुन नखाने
– खुट्टा झुन्ड्याउने र टाउको माथि पारेर २–३ वटा तकियाको आड लागेर आरामसँग बस्ने
– आँखा बन्द गर्ने
– निधारमा चिसो रुमाल भिजाएर राख्ने
– कोठाको रेडियो, टिभी आदि हल्ला हुने चीज जति सबै बन्द गर्ने
– रक्तचाप घटाउने कुनै औषधि,पिसाब बढाउने औषधि वा निद्रा लगाउने ट्रयाङ्कुलाइजर साथमा भए १ चक्की खाने आदि कार्य गर्नुपर्छ – रक्तचाप घटाउनका लागि भने डिपिन ५ मि. ग्रा. औषधि मुखमा राखेर चुस्ने गर्नु लाभदायक मानिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *