पूर्व शिक्षामन्त्री डीआर पौडेलको हृदयघातबाट निधन

काठमाडौँ, ३१ जेठ । पूर्व शिक्षा मन्त्री धनिराम (डीआर) पौडेलको निधन भएको छ । आज विहान पौने सात बजे उनको हृदयघातका कारण निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार चितवनको माडी बगौडास्थित निवासमा बसिरहेका एक्कासी छातीमा असहज महसुस भएपछि अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको हो ।

अहिले उनको सब माडी अस्पतालमा राखिएको छ । उनी २०७३ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *