नियमित कफि पिउँदा कलेजोलाई फाइदा : अध्ययन्

coffee

एजेन्सी – तपाईँ हामीले दिनहुँ पिउने कफी स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी छ भन्ने कुरा थाह पाउनु भएको छ ? यदि छैन भने थाह पाइराख्नुस ! कफी कलेजोको सुरक्षा गर्न निकै महत्पूर्ण मानिन्छ ।

बैज्ञानिकहरुका अनुसार रक्सी(अल्कोहल)को सेवनबाट कलेजोमा हुने असरलाई कफीको दिनको दुईकप कफीले घटाउन मद्दत गर्छ । अझ कफीको नियमित सेवनले ‘लिभर सिरोसीस’ हुने सम्भावना ४४ प्रतिशतले घटाउँछ ।

यूनिभर्सीटी अफ साउथएम्पटनमा हालै गरिएको अनुसन्धानले यस्तो नतिजा देखाएको हो । सो यूनिभर्सीटीका अनुसन्धानकर्ताहरुले नौ वटा लामो अध्ययनलाई रिभ्यु (पुन:अवलोकन) गरेका थिए ।

अनुसन्धानमा ६ देशका ९७८ यूवाहरु समावेश थिए । उनीहरुको अध्ययन अनुसार हरेक दिन दुईकप कफि पिउने मानिसहरु लिभर सिरोसिसबाट ग्रसित हुने सम्भावना एकदमै कम देखिएको थियो ।

लिभर सिरोसिस अल्कोहलको बढी सेवन तथा हेपाटाईटिस सी को संक्रमणबाट कलेजोमा हुने क्षति हो । लिभर सिरोसिसले कलेजोको काम बन्द गराई मृत्युको जोखिममा पु¥याउछ । संसारभर हरेक वर्ष १० लाख मानिस लिभर सिरोसिसको कारणले मर्ने गरेको तत्थ्याङ्क छ । अनुसन्धान कर्ता भन्छन्, ‘हरेक दिन दुईकप कफी पिउँदा मात्रै लिभर सिरोसिसको सम्भावना ४४ प्रतिशत कम हुनु भनको धेरै ठूलो प्रभाव हो ।’

कफी र यसको स्वस्थ्यमा पर्ने प्रभावहरुको बारेमा धेरै अध्ययनहरु गरिएका छन् । त्यस्ता कैयौ पदार्थहरु हुन्छन् । जसले स्वस्थ्यलाई नकारात्मक असर पनि पार्दछन् । जस्तै: क्याफेईन, क्लोरोजेनीक एसिड, मेला नोईड, क्याफेटसोल, कहवेयल आदि स्वास्थ्यलाई फाईदा गर्दैनन् ।

यति हुँदा हुँदै पनि यो अध्ययनको प्रमुख उद्देश्य कफी र यसको कलेजोसंगको सम्बन्ध पत्ता लगाउनु थियो । यो अध्ययन ‘साईन्स जर्नल एलिभेन्टरी फर्माकोलोजी एण्ड थेराप्यू टिक्स’ मा प्रकाशित छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *