शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने ? अपनाउनुस् यी तरिका

गर्मी मौसममा शरीरबाट पसिना आउनु स्वभाबिकै हो तर पसिनाले शरीरको काखी र खुट्टामा बढी दुर्गन्ध निम्त्याउँछ । जतिनै सफा भएपनि गर्मीका कारणले पसिना आउँछ र यसले मनिसलाई सताइरहेको हुन्छ ।

आउनुस् जानौ यसबाट बच्ने उपाय :

१. नीमको पात : नीमको पातले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ । यसले शरीरमा ब्याक्टेरिया फैलनबाट रोक्छ । नीमको पातलाई पनीमा उमालेर कपडाले छानेर नुहाउनाले शरीरको दुर्गन्ध हटाउँछ ।

२. कागतीको रस : कागतीले छालामा रहेको पीएच लेभललाई घटाँछ जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्छ । कागतीलाई आधा गरी काटेर काखीमुनी दल्ने गर्नाले पसिनाको दुर्गन्ध कम हुन्छ ।

३. गुलाब जल : गुलाब जलले पनि पसिनाको दुर्गन्ध हटाउनमा मद्दत गर्छ । यसलाई केही थोपा पानीमा मिसाएर नुहाउनाले शरीरमा लामो समयसम्म दुर्गन्ध आउनबाट रोक्छ ।

४. बेसन/चनाको पिठो :  बेसन/चनाको पिठोलाई दहीमा मिसाएर नुहाउनु भन्दा अगाडि शरीरमा लगाउनु र १०/१५ मिनेट पछि त्यसलाई पखाल्ने गर्नाले शरीरको दुर्गन्ध हटाउन मद्दत गर्छ ।

५. मह : मह पनि एक औषधिको रुपमा प्रयोग हुने चीज हो । नुहाइसकेपछि पानीम एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिएको ठाउमा लगाउनाले दुन्र्गन्ध हट्छ ।

६. पुदिना : पुदिनाको पातलाई उमालेर पानीमा मिसाएर नुहाउनाले शरीरको ब्याक्टेरियालाई हटाउँछ जसले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *