यी हुन् मुटु स्वस्थ राख्ने १० वटा रमाइला ब्यायम

मुटुलाई स्वस्थ राख्नका लागि  व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ । मुटुको व्यायम भन्ने बित्तिकै धरैको दिमागमा दौडने, साइकल चालाउने अथवा पौडी खेल्ने कुरा आउने गर्छ । सबैले यी कुरा रमाइलोसंग गर्न सकिदैन र मुटुको व्यायामबाट पछि हट्ने गर्छन् ।
आउनुस् आज हामी तपाईंलाई मुटु स्वस्थ राख्न १० रमाइला व्यायामका तरिका सिकाउँछौं ।

१. डोरी नाघ्ने/स्किपिंङ्ग :

1

सानो हुँदा डोरी नाग्ने खेल सबैले खेलेका हुन्छन् । जति उमेर ढल्कदै गयो त्यति नै यो खेल खेल्न छाडेका हुन्छौं । स्किपिंङ्गको केवल १५० मिनेट प्रति हप्ताको व्यायाम निकै फाइदाजनक हुन्छ । त्यसैले आजदेखि डोरी हातमा लिनुस् र खेल सुरु गर्नुस् ।

२.मज्जाले नाच्नुस्:

2

तपाईंलाई संगीतको तालमा नाच्न आउँछ या आउँदैन त्यसको तनाव नलिनुस् । आजैदेखि नाच्ने अभ्यास गर्नुस् । यो तपाईंको पसिना निकाल्न र मुटुको लागि निकै फाइदाजनक सावित हुनेछ ।

३. दौडने खेल खेल्नुस् :

3

खेलको क्रमाम चौरमा दौडनुले शरीरलाई निकै फाइदा पुर्याउँछ । सामान्यतया दौडन मन नपराउने मानिसहरु पनि खेलको क्रममा दौडन पछि हट्दैनन् । स्तो खेल फुटवल वा व्याडमिन्टन पनि हुनसक्छ जसले मुटुलाई निकै फाइदा दिलाउँछ ।

४. पौडी  :

4

पौडी खेल्न मन पराउनेहरुका लागि पौडी मुटुको व्यायामको निकै महत्वपूर्ण हिस्सा सावित हुन्छ । पौडी खेल्न नआउनेहरु पनि केवल केही समयको अभ्यास मुटुको लागि फाइदाजनक हुन्छ ।

५. बक्सिङ्ग :

5

केवल ३० मिनेटको बक्सिङ्ग अभ्यासले करीव ४०० क्यालोरी शक्ति जलाउन मद्दत गर्छ । त्यसैले आजैबाट बक्सिङ्ग खेलमा ध्यान दिनुस् ।

६. साइकल चलाउने :

7

 

आजदेखि साइकल चलाउन सुरु गर्नुस् । मुटु स्वस्थ राख्न यो एकदम सजिलो भरपर्दो तरिका हो ।

७. डुङ्गा चलाउने :

6

हामी सबैलाई सधै डुङ्गा चलाउने अवसर प्राप्त नहुन सक्छ तर पाएको खण्डमा यो क्रियाकलापमा भाग लिनुस् यसले मनेरञ्जन प्रदान गर्नुको साथै मुटु स्वस्थ राख्न मद्दत गर्छ ।

८. सींढी चढने :

10

लिफ्ट÷रएलिभेटरको सट्टा सींढीं चढ्ने वातावरणको सृजना गर्नुस् । यसले शरीरमा रक्तसंचार मजबुत बनाउन, पसिना निकाल्न र पुरै शरीर स्वस्थ राख्न मद्दत गर्छ ।

९. उफ्रने :

8

 

केही उपकरण पनि नचाहिने यो तरिका स्वस्थ रहने एक उत्तम उपाय हो । आफ्नो माहोल मिलाएर जहाँ जतिखेर पनि गर्न सकिने यो व्यायाम आजैबाट सुरु गर्नुस् ।

१०. हिड्ने : 

9

हिंड्नु पनि कार्डियो व्यायाम अन्तर्गत पर्छ । समय र फुर्सद मिलाएर बिहान बेलुका केही समय हिंड्ने बानि बसाल्नु मुटुको लागि फाइदाजनक हुन्छ ।

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *