जंकफुडको सेवन गर्नु घातक रोगलाई निम्ता गरे सरह : अध्ययन्

एजेन्सी । एक अनुसन्धानले बर्गर, चिप्स, चाउचाउ तथा अन्य जंकफुडको सेवनको असर घातक रोग लाग्नु बराबरको हुनसक्ने देखाइएको छ । सो अध्ययनले जंकफुड होइन सन्तुलित भोजनमा ध्यान दिन सुझाव दिएको छ ।

युनिभर्सिटी अफ बोनका बैज्ञानिकहरुका अनुसार जंकफुड खाँदा शरीरको रोग प्रतिरक्षा प्रणालीले घातक रोगले आक्रमण गरेको जस्तो सन्देश पाउँछ र रोग प्रतिरक्षा प्रणालीका कोषहरु माथि आक्रमण हुन थाल्छ । जसको कारणले अरु रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । अध्ययनकर्ताहरुले जंकफुडको कारणले हुने धमनीको कडापनलाई पनि यो अध्ययनबाट पुष्ठी गर्न सकिने बताएका छन् ।

जंक फास्ट फुडमा चिल्लो पदार्थ, सुगर र सोडियमको मात्रा बढी हुन्छ । जसको कारणले मधुमेह मुटुरोग र आन्द्राको क्यान्सर आदि रोगको जोखिम बढाउँछ ।

सन् २०१४ मा गरिएको सो अध्ययनका अनुसार असन्तुलित भोजनले रोग प्रतिरक्षा प्रणाली कमजोर बनाउने पाइएको थियो । सो अध्ययन अनुसार दैनिक १०० ग्राम सुगरको सेवनको कारणले सेतो रक्तकोषको किटाणु मार्ने क्षमता घटाउँछ ।

सेलमा प्रकाशित यो अध्ययन् मुसा र मानिसमा गरिएको थियो । अध्ययन्कर्ताहरुले मुसालाई चिल्लो पदार्थ, सुगर बढी भएको र फाइबर कम भएको पश्चिमी तरिकाको खाना दिएका थिए । पछि मुसाहरुको रगत परीक्षण गर्दा ग्रानुलोसाइत, मोनोसाइत जस्ता इम्युनकोषको मात्रा बढी पाइयो । खासगरी रोगको आक्रमण हुँदा यस्ता कोषहरु सक्रिय हुने गर्दछ ।

यसैगरी मानिसमा गरिएको यो अनुसन्धानमा पनि मुसामा जस्तै निस्कर्ष निस्कियो । अध्ययन टोलीका प्रमुख लात्ज भन्छिन्, यो अध्ययनले सबैलाई सन्तुलित भोजनमा ध्यान दिन र जंकफुडको सेवन कम गर्न सचेत बन्नु पर्ने देखाएको छ भने यसको सन्देश प्रवाह गर्न जरुरी देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *