किराले खाएको सट्टा सद्धे दाँत निकाल्ने बीर अस्पतालका डाक्टर बर्खास्त

काठमाडौँ, १ माघ । किराले खाएको दाँत उखेल्न गएका विरामीको सद्धे दाँत उखेल्ने बीर अस्पतालका डाक्टर कारबाहीमा परेका छन् । अस्पताल प्रशासनले उनलाई सेवाबाट बर्खास्त गरेको छ ।

गत २३ पुसका दिन किराले खाएको दाँत झिक्न भन्दै अस्पतालको दन्त विभागमा पुगेका काठमाडौँ महानगरपालिका २० चिकुमुगलका ३४ बर्षीय शरण बानियालाई डा सोजन खत्रीले सद्धे निकालेर घर पठाएका थिए ।

बानियाँले घर पुगेर दाँत झिकेको ठाँउको पिउरी हटाएपछि मात्रै आफ्नो किराले खाएको दाँतको सट्टा सद्धे दाँत निकालेको पत्तो पाएका थिए । त्यस लगत्तै बानियाको परिवार तथा आफन्त बीर अस्पतालमा आएर डाक्टर खत्री विरुद्ध उजुरी गरेका थिए ।

अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले आन्तरिक छानवीनमा गम्भीर लापरबाही भएको ठहर भएपछि उनलाई सेवाबाट हटाइएको बताए । बस्नेतले उनलाई गाइड गर्ने डाक्टरलाई पनि कडा नसियत दिइएको जानकारी दिए ।

खत्री बीर अस्पतालमा करारको रुपमा काम गरिरहेका डाक्टर थिए ।

यो पनि पढ्नुहोस….

किराले खाएको दाँत झिक्न गएका बिरामीको सद्धे दाँत झिकेर घर पठाइयो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *