क्यान्सर, मिर्गौला र प्यारालाइसिसका बिरामीले माघदेखि ५ हजार पाउने

काठमाडौँ, २९ पुस ।  सरकारले क्यान्सर उपचार गराईरहेका, मिर्गौला फेल भई डायलासिस गराईरहेका र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका विरामीलाई दिइने भनिएको जीवन निर्वाह भत्ता आगामी माघको पहिलो हप्ता देखि कार्यान्वनयमा आउने बताएको छ । जीवन निर्वाह भत्ता प्रतिमहिना ५ हजार रुपैयाँका दरले उपलव्ध गराउन लागिएको हो ।

स्वास्थ्य मन्त्री दीपक बोहराले क्यान्सरका किमो लिइरहेका , मिर्गौला फेल भई डायलासिस गराइरहेका विरामीलाई उपचार अवधीभर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएकालाई जीवनभर प्रतिमहिना ५ हजार रुपैयाँका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएको बताए ।

उनले निर्णय कार्यान्वयनका लागि आवश्यक सबै तयारी पुरा भएको भन्दै आगामी माघको पहिलो साता देखि कार्यान्वनयमा आउने दावी गरे ।मन्त्री बोहराले सो रकम सूर्तिकर कोषबाट उपलव्ध हुने जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको अधिनमा रहेको सूर्ति करकोषको रकम अहिलेसम्म ७५ प्रतिशत क्यान्सर तथा मुटु रोगको उपचार गर्ने अस्पताललाई, १५ प्रतिशत रकम मन्त्रालयको कार्यक्रमलाई र १० प्रतिशत रकम सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्ने अभियानमा क्रियाशील हुन गैर सरकारी संस्थालाई बाँढदै आएको थियो ।

सूर्तिजन्य पदार्थबाट बार्षिक रुपमा उठने करीब ११ अर्व रुपैयाँको २५ प्रतिशत रकम करीब पौँने ३ अर्व सूर्ति करकोषमा आउने र यसैबाट रकम वितरण गर्ने मन्त्री बोहराले बताए । अहिले भने अर्थ मन्त्रालयले करीब ५० करोड रकम मात्रै सो कोषका लागि उपलव्ध गराउँदै आएको छ ।

कतिपयले भने केही रोगका लागि यसरी रकम वितरण गर्ने सरकारी योजनाको आलोचना गर्दै बरु ठूलो रकम रोग लाग्ने अवस्था नै आउन नदिने अभियान अर्थात स्वास्थ्य प्रवद्र्धनमा खर्च गर्नुपर्नेमा जोड दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *