पाँच बुँदे सम्झौँता पछि डा. केसीले अहिले विहान १० बजे अनसन तोड्दै

काठमाडौँ, २९ पुस । त्रिवि शिक्षण अस्पतालमा अनसनरत प्राडा गोविन्द केसीले आज अनसन तोड्न भएका छन् । शुक्रबार राती सरकारसंग पाँच बुँदे सम्झौँता भएपछि उनले आज अनसन तोड्न लागेका हुन् ।

‘अहिले विहान १० बजे पत्रकार सम्मेलन गरी अनसन तोड्ने कार्यक्रम छ,’ प्राडा केसीका सहयोगी डा. सुमन आचार्यले भने ।

गत २३ पुसमा सर्बोच्च अदालतले चार बर्ष अघिको सरकारी निर्णय उल्टयाउँदै प्राडा शशी शर्मालाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा पुर्नवहाली गर्न आदेश दिएपछि प्राडा केसी अनसन बसेका थिए । उनले सो निर्णयप्रति आपत्ती जनाउँदै निर्णयगर्ने प्रधानन्यायधीश गोपाल पराजुलीको राजिनामा मागेका थिए ।

तर हिजो भएको सम्झौँतामा त्यहि निर्णयमा उल्लेख भएको भन्दै पूर्व डीन प्राडा जगदीश अग्रवाललाई डीनमा निरन्तरता दिने सम्झौँता गरेका छन् । जोड तोडका साथ उठेको प्रधानन्यायधीश विरुद्धको मागमा एक शव्द पनि उल्लेख छैन । अरु सम्झौँता भने नियमित प्रक्रियाका छन् ।

डा केसीले ठीक तीन महिना अघि १ कात्तिकका दिन पनि स्वास्थ्य मन्त्री बोहोरासंग सम्झौँता गरी १४ दिन लामो तेह्रौँ अनसन तोडेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *