‘पोष्टन्याटल डिप्रेसन’बाट छिटो मुक्त हुनुछ ? गीत गुन्गुनाउनुस् : नयाँ अध्ययन्

बीबीसी ।  बच्चा जन्माएका आमाहरुलाई हुने डिप्रेसन (पोष्टन्याटल डिप्रेसन)बाट छिटो मुक्त हुन उनीहरुलाई गीत गुनगुनाउन सुझाव दिइएको छ । एक अध्ययनले ‘पोष्टन्याटल डिप्रेसन’बाट ग्रसित महिलाले गीत गुनगुनाउँदा छिटो निको भएको पाइएपछि यस्तो सुझाव दिइएको हो । संसारभर बच्चा जन्माएका आठ मध्ये एक जना महिलाहरुमा ‘पोष्टन्याटल डिप्रेसन’ हुने गर्छ ।

‘ब्रिटिस जर्नल अफ साईक्याट्रिक्स’मा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार बच्चासंगै सामुहिक गित गाउने समूहमा भाग लिएका महिलाहरु सो समूहमा भाग नलिएका महिलाहरु भन्दा चाँडो डिप्रेसनबाट निको भएका थिए । जर्नलका अनुसार सो अनुसन्धान पोष्ट न्याटल डिप्रेसनबाट ग्रसित १३४ जना आमा र तिनका बच्चाहरुमा गरिएको थियो ।

यसअघि गरिएका अध्ययनहरुले गीत गाउनु बृद्ध र डिमेन्सिया भएका व्यक्तिहरुको लागि फाइदा हुने देखाएको थियो । यहि अध्ययनलाई आधार मानेर गीत गाउनुले पोष्ट न्याटल डिप्रेसन भएका महिलाहरुमा पार्ने प्रभावको बारेमा अध्ययन गर्दा यस्तो नतिजा निस्केको हो ।

अध्ययनमा ‘पोष्टन्याटल डिप्रेसन’ भएका महिलाहरुलाई तीन समूहमा विभाजित गरिएको थियो । जसमा पहिलो सामुहिक गीत गाउने समूह, दोस्रोमा रचनात्मक खेल खेल्ने समूह र तेस्रोमा सामान्य हेर विचार र आवश्यकता अनुसार एन्टी डिप्रेसनको प्रयोग भएका समूह ।
तर यी तीनमध्ये आमा र बच्चा संगै गीत गाउने समूह अरु दुई समूहभन्दा प्रभावकारी पाइयो ।

तीनवटै समूहका महिलाहरुमा १० हप्ताको क्रियाकलाप पछि सुधार देखिएको थियो तर गीत गाउने समूहका महिलाहरुमा छ हप्तामै डिप्रेसनको लक्षण ३५ प्रतिशतले कम भएको पाइएको थियो ।

अध्ययनका प्रमुख डा रोजी पाकिंन्सले यो अनुसन्धान सानो समूहमा गरिएको भएपनि निकै ठूलो र महत्वपूर्ण नतिजा निस्किएको बताइन ।

अध्ययन् प्रतिवेदन सार्वजनिक भईसकेपछि लण्डनस्थित बथ आर्टस हेल्थ रिसर्च नामक संस्थाले पोष्ट न्याटल डिप्रेसन भएका महिलाहरुका लागि गीत गाउने तालिम सुरु गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *