मानव अंग प्रत्यारोपण केन्द्रले गर्‍यो ३८६ जनाको मिर्गौला प्रत्यारोपण

भक्तपुर, २८ पुस । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको हो ।

गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रले चौबिसै घण्टा दैनिक १०० जनाभन्दा बढीको हेमोडायलाइसिस सेवा सञ्चालन गरेको पनि उनले जानकारी दिए ।

त्यसो त केन्द्रले मुलुकमा नै पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौलाको प्रत्यारोपण गरेको हो भने  पहिलो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ । यस्तै सरकारी अस्पतालमा पहिलो पटक इन्डोस्कोपिक अल्ट्रासाउण्ड सेवा सर्वसुलभ रुपमा उपलब्ध गरिएको छ । निर्देशक डा श्रेष्ठले बताए ।

मिर्गौला रोगीको चाप बढेसँगै सेवा थप्दै लगेको केन्द्रले अबको केही दिनमै भक्तपुरमा पहिलोपटक मुटुको ओपन हर्ट सर्जरी सेवा शुरु गर्न लागेको डा. श्रेष्ठले जानकारी दिए।

विकास समिति ऐन, २०१३ को दफा ३ अनुसार मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश, २०६८ अनुसार गठन भएको यस केन्द्रको अघिल्लो मन्त्रिपरिषद बैठकले परिवर्तन गरी शहीदको नाममा नामाकरण गरेको छ ।

गत पुस १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र राख्ने निर्णय गरेको थियो । मन्त्रालयबाट परिपत्र आउने बित्तिकै अहिलेको बोर्ड परिवर्तन गरिने उनले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *